मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

चितवन, ९ कात्तिक। पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित खैरहनीको कठारस्थित भित्री सडकमा ना १३ प २८९७ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई बुधबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरी रहेका छन् भने मोटरसाइकलको पछाडि बस्ने स्थानीय सञ्जय चौधरी र साइकल चालक १९ वर्षीय साउना राउत घाइते भएका छन् ।

घाइतेहरुको कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीले मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट