मिथिलाञ्चलको महान पर्व छठ धूमधामका साथ मनाईंदै

प्रकाशित मिति: ९ कार्तिक २०७४, बिहीबार

काठमाडौं, ९ कात्तिक । आज तराईका विभिन्न जिल्लामा मिथिलाञ्चलको महान पर्व छठ धुमधामका साथ मनाईंदैछ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिई छठ मनाईन्छ । काठमाडौंसहित तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा दुलही झैं सिंगारिएका छन् ।

छठ मनाउन हजारौं भक्तजनहरु बिहानैदेखि भेला हुन थालेका छन् । यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ मनाउन ब्रतालुहरुको भीड लागेको छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी छठ पर्व मनाउने गरिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट