शिक्षामा ‘दक्षता टिइभिटी प्राक्टिकल पार्टनरसिप’ परियोजना

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

काठमाडौं, ८ कात्तिक । प्राविधिक तथा व्यावसायिक शिक्षामा सुधारका लागि ब्रिटिश काउन्सिल नेपालले ‘दक्षता टिइभिटी प्राक्टिकल पार्टनरसिप’ परियोजना शुरु गरेको छ । युरोपेली संघको सहयोगमा शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद्को समन्वयमा संचालित उक्त चार वर्षीय परियोजनाले कृषि, निर्माण र पर्यटनका क्षेत्रमा कार्यरत संस्था तथा प्राविधिक जनशक्तिलाई शिक्षा र तालीम दिने छ ।

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा परियोजनाका टोली प्रमुख सिएन कर्लीले परियोजनाले स्वदेशमै रोजगारीको राम्रो अवसर सिर्जना गराउने जनाए । साथै, उनले नेपालको समावेशी र दिगो आर्थिक विकासका लागि मानवीय पूँजीमा लगानी बढाउनुपर्ने सुझाव पनि दिए ।

परियोजनाले हालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षमता वृद्धि, सुशासन र सरकारी र निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकता दिनेछ । गत डिसेम्बरमा त्रिपक्षीय समझदारी भएको सो परियोजनाको कूल बजेट २०.६१ मिलियन युरो छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट