सिरहा क्रिकेट संघको अध्यक्षमा महासेठ

प्रकाशित मिति: ८ कार्तिक २०७४, बुधबार

लहान, ८ कात्तिक । जिल्ला क्रिकेट संघ सिरहाको नयाँ कार्यसमितिको अध्यक्षमा सुनिलकुमार महासेठ चयन भएका छन् । संघको पहिलो अधिवेशनले महासेठको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघका उपाध्यक्षमा विकल विष्ट, सचिवमा नारायण खड्का र कोषाध्यक्षमा श्यामबाबु यादव तथा सदस्यमा मनोजकुमार साह, जीतेन्द्रकुमार मण्डल, अनिश श्रेष्ठ, रमेशकुमार साहलाई चयन गरेको संघले जनाएको छ । संघका तीन सदस्य पछि मनोनयन गरिने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट