राजदूतद्वारा प्रमलाई बधाई

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलवार

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद् (युएनएचआरसी)को सदस्यमा निर्वाचित भएकामा आज दुई देशका राजदूतले अलग अलग भेटी बधाई दिएका छन् । प्रधानमन्त्री देउवासँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा यहाँस्थित क्यानाडाली राजदूत नदिर पटेल र न्यूजिल्यान्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्सले बधाई दिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवा र राजदूतहरुका बीचमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री देउवाले मानवअधिकार परिषद्मा रहँदा नेपाललाई सम्पूर्ण सदस्य देशको सहयोग हुने विश्वास व्यक्त गरेका थिए ।

सन् २०२०–२०२१ का लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्यका लागि क्यानडाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि न्यूजिल्यान्डका राजदूत केम्प्कर्सले सोमबार मात्र आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट