फिफा उत्कृष्ट खेलाडीको अवार्ड रोनाल्डोलाई

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलवार

काठमाडौं । क्रिश्चियानो रोनाल्डोले फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । पोर्चुगलका फुटबल खेलाडी रोनाल्डोले लगातार दोस्रो पटक उक्त अवार्ड जितेका हुन् ।

सोमबार राति सम्पन्न एक समारोहबीच फिफाले पोर्चुगल एवं रियाल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई उक्त अवार्डबाट सम्मानित गरेको हो ।

यसैगरी नेदरल्याण्ड्सकी खेलाडी लेईके मर्टिन्सले उत्कृष्ट महिला फुटबलरको उपाधि जितेकी छन् भने उत्कृष्ट प्रशिक्षकको अवार्ड रियाल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले जितेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट