लोग्नेको हत्या आरोपमा श्रीमती पक्राउ

प्रकाशित मिति: ७ कार्तिक २०७४, मंगलवार

भक्तपुर, ७ कात्तिक । महानगरीय प्रहरी वृत्त थिमिले श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुरथिमि नगरपालिका–६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीको घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको थियो ।

कान्छी श्रीमती माइत गएका बेलामा नेपालकी जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा सोही आगोमा परेर उनको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जनाए । आफूलार्ई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई सुखसयलले राखेको जनाई आवेगमा आएर गीताले श्रीमानलाई कोठामा थुनेर आगो लगाई फरार भएको जनाइएको छ । अभियुक्त गीतालाई जगातीबाट पक्राउ गरी थिमि प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीमा परेका नेपालको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट