छिमेक लघुवित्त बैंकको मूल्य समायोजन

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

काठमाडौं, ६ कात्तिक । छिमेक लघुवित्त विकास बैंकको बोनस पछिको मूल्य समायोजन भएको छ । कम्पनीको बोनसपश्चातको मूल्य नेपाल स्टक एक्सचेञ्जले एक हजार दुईसय पाँच रुपैयाँ तोकेको छ ।

कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १९ दशमलव ८९ प्रतिशत बोनस शेयर र २५ दशमलव ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । उक्त लाभांश कम्पनीको कार्तिक २४ गते बस्ने १६औं बार्षिक साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा ५७ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट