आजदेखि पर्यटकीय क्षेत्र ठमेलमा सवारी प्रवेश निषेध

प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार

काठमाडौं, ६ कात्तिक । आजदेखि काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सवारी प्रवेश निधेष गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्को संयुक्त प्रयासमा ठमेललाई सुन्दर र स्वच्छ पर्यटकीय शहरका रुपमा विकास गर्न अत्यावश्यक सवारी बाहेक अन्य सवारी प्रवेशमा रोक लगाइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ठमेलमा खानेपानी, एम्बुलेन्स, दमकल, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक बाहेक अन्य गाडीलाई प्रवेशमा रोक लगाइएको छ । ठमेलभित्र जाने गाडीले त्रिदेवी मार्गबाट मात्र जान पाउने ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने गाडीलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार गाडीको व्यवस्था गरिने ट्राफिक प्रहरीले जनाएको छ । त्यस्तै धेरै धुवाँ निकाल्ने, हर्न बजाउने सवारी साधान र जथाभावी चलाउने गाडीलाई समेत ठमेलभित्र विशेष निगरानी गरिने भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट