भार्इटीकासँगै सकियो यो वर्षको तिहार

प्रकाशित मिति: ४ कार्तिक २०७४, शनिबार

काठमाडौं, ४ कात्तिक । यमपञ्चक अर्थात तिहारको पाँचौं एवं अन्तिम दिन शनिबार भार्इटीका पर्व मनाउँदै यो वर्षको तिहार सम्पन्न भएको छ ।

सबै दिदीबहिनीहरुले आफ्ना दाजुभार्इहरुलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाइ भार्इटीका पर्व मनाएका हुन् । दाजुभार्इहरुले पनि आफ्ना दिदीबहिनीलाई टीका लगाउने गर्दछन् ।

दिदीबहिनीले दाजुभार्इलाई टीका लगाइदिएपछि ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभार्इले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने परम्परा छ ।

दिदीबहिनीले दाजुभार्इलाई तेलको धाराले छेकेर सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट