नेपालले एसियन बास्केटबलमा भाग लिने

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

काठमाडौं, १ कात्तिक । नेपाली महिला खेलाडीले भारतमा आयोजना हुने फिबा १६ वर्षमुनि(यु–१६) वुमन्स एसियन च्याम्पियनसिप बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । आज एक कार्यक्रमबीच नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले यही कात्तिक ५ गतेदेखि संचालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने १६ सदस्यीय राष्ट्रिय महिला बास्केटबल टोलीलाई शुभकामनासहित विदाइ गरेका थिए ।

सहभागी खेलाडीमा प्रतिक्षा मगर (कप्तान), श्रेयषी राणा, निस्ता राजभण्डारी, निलम शेर्पा, ममता गुरुङ, अदिती चौधरी, सुष्मा गौतम, रोशनी श्रेष्ठ, एरिषा श्रेष्ठ, संस्कृति मास्के, छिरिङ चोकी शेर्पा र अस्मिता थापा छन् । त्यसैगरी, टिम म्यानेजरमा सरोजा कोइराला श्रेष्ठ, प्रशिक्षकमा बिपिन कपाली तथा सहायक प्रशिक्षकमा सुशील गुरुङ छन् भने अफिसियलमा राजकुमार महर्जन छन् ।

नेपाली टोली भोलि भारत प्रस्थान गर्नेछ । प्रतियोगितामा आयोजक भारत, नेपाल, श्रीलङ्का, बंगलादेश, चाइना ताइपेइ, हङकङ, चीन, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डलगायत १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट