ढिस्कोले च्यापिएर एक महिलाको मृत्यु

प्रकाशित मिति: १ कार्तिक २०७४, बुधबार

राजविराज, १ कात्तिक । जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादवको ढिस्कोले पुरिएर मृत्यु भएको छ । तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी उनको माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार साँझ मृत्यु भएको हो ।

प्रहरीले यादव घर नजिकैको गाउँमा माटो लिन जाँदा ढिस्को खसी च्यापिएर मृत्यु भएको जनाएको छ । यादवको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा परीक्षणका लागि राखिएको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट