फेसबुकमार्फत ठगी गर्ने तीन जना पक्राउ

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फेसबुकमार्फत बेलायतीका नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ठगी गर्ने मोरङ उर्लाबारी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने पवन न्यौपाने र भोजपुर हतुवाघडी गाउँपालिका–७ का सन्तोष बस्नेत र मोरङ, सुन्दर हरैंचा–६ का प्रदीप सुब्बालाई पक्राउ गरेको हो ।

उनीहरुले बेलायतीको फेसबुक बनाई बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर समेत पठाइदिन्छु भन्ने र सो सामान भारतको राजश्व कार्यालयमा रोकिएकोले उक्त सामान प्राप्त गर्न भारत सरकारको नियमानुसार विभिन्न कर तिर्नुपर्ने भनी आइएमीमार्फत रकम पठाउन लगाई विभिन्न व्यक्तिबाट एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका उनीहरुले भरत कार्की, सीमा गुरुङ, सुनिमाया गुरुङ, हिमा माझी, सन्तोष बस्नेत र टंकमाया कार्कीका नाममा कोही कसैलाई फोन वा फेसबुकमार्फत ठगी गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट