गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३१ असोज । काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं महाधिवेशबाट अध्यक्ष पदमा भवन भट्ट विजयी भएका छन् । प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी भएका हुन् ।

कूल १ हजार ७ सय ८८ मतदाताले मतदान गरेको निर्वाचनमा विजयी भट्टले १ हजार १ सय ९७ मत प्राप्त गर्दै एनआरएनएको अध्यक्षमा जित हात पारेका हुन् । अध्यक्षका अर्का प्रत्यासी जमुना घले गुरुङले ५ सय ८४ मत प्राप्त गरे ।

यसैगरी एनआरएनएको उपाध्यक्षमा ६ जनाबीच प्रतिस्पर्धा भएकोमा दुई उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएकी छिन भने महासचिवमा डा.बद्रि केसी विजयी भएका छन् ।

यस्तै दुई जना सचिवमा डम्बरबहादुर क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा, सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा र महिला संयोजकमा भूमादेवी लिम्बु र युवा संयोजकमा सुदन थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट