आजबाट नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु

यमपञ्चकको पहिलो दिन कागको पूजा गरी मनाइँदै

प्रकाशित मिति: ३१ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३१ असोज । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ ।

तिहारको पहिलो दिन आज सन्देशवाहकका रुपमा मानिने कागको पूजा गरी मीठो–मीठो खान दिएर काग तिहार मनाइँदैछ । यमराज पनि कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन कागको पूजा, दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन कात्तिक कृष्ण औंशीका दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल सम्वत्को नयाँ वर्ष ११३८ र म्हःपूजा अर्थात् आत्मपूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यस वर्ष कात्तिक ४ गते मध्याह्न ११ बजेर ५१ मिनेटमा भाईटीकाको उत्तम साइत रहेको छ । यमपञ्चकको पहिलो दिन आज यमदूतका रुपमा मानिने कागको पूजा नगरी खान नदिइ आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट