रिपोर्टर नेपाल समाचार
काठमाडौं, ३० असोज । आज प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको पार्टी एकीकरण भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रम एवं कांग्रेस सभापति देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले एकताको दस्तावेजमा हस्ताक्षर गरी पार्टी एकताको घोषणा गरेका हुन् ।
आइतबार नै पार्टी एकताको चर्चा चले पनि दुवै पक्षीयको वार्ता सफल हुन नसकेकाले आज पार्टी एकता भएको हो । एकीकरण पछि गच्छदारलाई उपसभापति दिने र लोकतान्त्रिक फोरमका १५ नेतालाई केन्द्रीय समितिमा ल्याउने समझदारी भएको छ । यस्तै आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पनि फोरमको उचित प्रतिनिधित्व सुनिश्चित गराइने बताइएको छ ।
तर गच्छदारले भने निःशर्त एकता घोषणा गरिएको र एकता घोषणा गरिए पनि पदको बाँडफाँट नभएको बताएका छन् ।