सामुद्रिक आँधीको सम्भावनाले नेपाल र हङकङबीचकोे खेल रद्द

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार

काठमाडौं, २९ असोज । आज हुने भनिएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरणअन्तर्गत नेपाल र हङकङबीचको दोस्रो खेल रद्द भएको छ । हङकङ क्रिकेटले आफ्नो अफिसियल ट्वीटरमा जनाएअनुसार नेपाली समयअनुसार( बिहान ७ बजेपछि सुरु हुने दोस्रो खेल हङकङ मौसम विभागले ‘टाइफुन ८’ (सामुद्रिक आँधी) आउने जनाएपछि खेल रोकिएको हो ।

हङकङको मौसम विभागले हङकङ स्थानीय समयअनुसार बिहान ९ बजेसम्म ‘टाइफुन ८’ आउने अनुमान गरेको छ । त्यस्तै अपरान्ह भारी वर्षा हुने विभागले जनाएको छ । खेल भोलि हुने जनाइएको छ । हङकङका अधिकारीले सामुन्द्रिक आधी आउने जानकारी दिँदै नेपाली टोली र अम्पायरहरुलाई होटलबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट