पुन्यम प्रधानको नयाँ गीत लोकार्पण

प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार

काठमाडौं । गायक पुन्यम प्रधानको पछिल्लो गीत जले–जले म जले तिम्रो प्यारमा लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त गीत लोकार्पण गरिएको हो ।

चर्चित संगीतकार राजु सिंहको प्रमुख आतिथ्यता तथा ख्यातिप्राप्त संगीतकार अनिल शाहीको विशिष्ट आतिथ्यतामा गीतको पोस्टर तथा भिडियोको लोकार्पण भएको हो । नविन श्रेष्ठको शब्द तथा संगीत अनि अनिल शाहीको म्युजिक एरेञ्ज रहेको उक्त गीतको भिडियोको निर्देशन विश्व प्रधानले गरेका हुन् । गीतमा रिस्ता बस्नेत, निशान खत्री, सिर्जना थापा बस्नेतलगायतका कलाकारहरुले अभिनय गरेको छन् ।

लोकार्पण समारोहमा संगीतकार राजु सिंहले गायक पुन्यम प्रधान र आफू मिलेर पचासको दशकको त्यो कठिन समयमा प्रतिबिम्ब समूह स्थापना गरेर संघर्ष गरेर करियर बनाएको त्यो क्षण तथा पलको स्मरण गरेका थिए । अर्का संगीतकार अनिल सिंहले जले जले गीतको म्युजिक एरेञ्ज गर्दाको त्यो पल अनि पुन्यमसंगको सहकार्यको बारेमा खुलेर प्रशंशा समेत गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट