खुकुरी प्रहारबाट दाजुभाईको मृत्यु

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

बाजुरा, २८ असोज । आज त्रिवेणी नगरपालिका—८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट दुई दाजुभाईको ज्यान गएको छ । ज्यान जानेमा मोहन गिरीका छोरा २७ वर्षिय नौले र ३२ वर्षिय अर्जुन गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको अछामको बयालपाटामा उपचारको क्रममा ज्यान गएको हो । प्रहरी नायब उपरीक्षक जगदीश भट्टले दाई मोहन र भाई गोरखबीच जग्गाका विषयमा भनाभन हँुदा भाई गोरखका तीन छोराले खुकुरी, खँुडा र फलामको पाइपले हानेर उनीहरुको ज्यान गएको बताए । घटनामा नरेश गिरी घाइते भएका छन् ।

घाइतेको बूढीगंगा नगरपालिकास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको छ । प्रहरीले खुकुरी प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट