बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रकाशित मिति: २८ आश्विन २०७४, शनिबार

मोरङ, २८ असोज । मोरङको पथरीशनिश्वरे—१० स्थित पूर्व—पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४९६ नं.को यात्रुबाहक बसको ठक्करले एक पैदलयात्रीको ज्यान गएको छ । बसको ठक्करबाट ज्यान जानेमा पथरीशनिश्वरे—१ बस्ने १५ वर्षीय सुमन सहनी रहेको जनाइएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते सहनीको विराटनगरको न्यूरो अस्पतालमा उपचार गर्न लैजाने क्रममा बाटोमै ज्यान गएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले बस र चालकलाई नियन्त्रणमा लिइएको बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट