दार्जिलिङमा झडप हुँदा दुईको मृत्यु

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

काठमाडौं, २७ असोज । केही समयका लागि खुलेको बन्द दार्जिलिङ फेरि हिंसामा परिणत भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आज बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोजमुमोका अध्यक्ष विमल गुरुङका आन्दोलनकारीबीच झडप हुँदा एकजना सुरक्षाकर्मीसहित दुई जनाको ज्यान गएको हो ।

त्यस क्षेत्रमा मोर्चाका कार्यकर्ताले हतियार बम लुकाएको सूचना आएपछि छापा मार्दा झडप भएको प्रहरीले दाबी गरेको सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

झडपमा परि ज्यान जानेमा प्रहरी निरीक्षक अभिताभ मल्लिक र मोर्चाका कार्यकर्ता रहेको जनाइएको छ । मृतकको सनाखत हुन सकेको छैन । झडपमा अन्य पनि घाईते भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट