आज नेपाल प्रहरीको ६२औँ वार्षिकोत्सव

प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार

पोखरा, २७ असोज । नेपाल प्रहरीको ६२औँ वार्षिकोत्सव आज प्रहरीले विभिन्न कार्यक्रमहरु आयोजित गरी मनाएको छ । यसै अवसरमा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण, प्रहरीका विभिन्न विद्यामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थित वक्ताहरुले नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गराउँदै सामाजिक विकृति, विसंगतिको अन्त्य गराउन महत्वपूर्ण योगदान पुर्याउँदै आएकाले सरकारले प्रहरीको मनोबल उच्च हुने वातावरण तयार गनुपर्ने बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले समाजमा शान्ति सु—व्यवस्थाका साथै सुशासन प्रवद्र्धन गर्न नेपाल प्रहरीले योगदान पुर्याएको बताउदै समयसापेक्ष सेवाको प्रभावकारिताको लागि प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । यसैक्रममा प्रहरी अतिरिक्त महानिरिक्षक कमल सिंह बमले प्रहरी समाजका विभिन्न कार्यमा क्रियाशिल बन्दै आएको जनाउँदै जनतासँग सहकार्य गरी सामाजिक शान्ति सुरक्षाका हरेक कार्यमा सक्रिय हुने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट