मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपका लागि छनोट

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

काठमाडौं । सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनोट भएको छ । अर्जेन्टिनाले ईक्वेडरलाई ३–१ गोल अन्तरले हराउँदै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अर्जेन्टिनाका लियोनल मेस्सीले ह्याट्रिक गर्दै टोलीलाई विश्वकपमा पुर्‍याएका हुन् । ईक्वेडरका रोमारियो ईबाराले खेलको पहिलो मिनेटमै गोल गरेका थिए । बुधबार बिहान भएका खेलपछि ल्याटिन अमेरिकी समूहबाट सिधै विश्वकपमा छानिने सबै ४ टोलीको टुंगो लागेको छ ।

जसअनुसार ब्राजिल पहिलो स्थानमा, उरुग्वे दोस्रो, अर्जेन्टिना तेस्रो तथा कोलम्बिया चौथो स्थानमा रहँदै रुस विश्वकपमा स्थान बनाउन सफल भएका छन् । यस्तै पाँचौ स्थानमा रहेको पेरुले प्ले अफ चरणमा ठाउँ बनाउन सफल भएको छ ।

विश्वकप छनोटका लागि पेरुले अब ओसियाना समूहको विजेता टोली न्युजिल्याण्डसँग अन्तिम प्ले अफ खेल्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट