कञ्चनपुरमा चरेशसहित एक युवक पक्राउ

प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

कञ्चनपुर, २५ असोज । कञ्चनपुरको बेदकोट नगरपालिकाबाट मंगलबार चार किलोग्राम लागूऔषध चरेशसहित एक युवक पक्राउ परेका छन् ।

चरेशसहित पक्राउ पर्नेमा दार्चुला ग्वानी–६ का कृष्ण डाँगा रहेका छन् । उनलाई सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले बेदकोट नगरपालिका–९ लालपुरदेखि बागफाँटातर्फ गइरहेका बेला पक्राउ गरेको हो ।

अभियुक्त डाँगालाई जिल्ला प्रहरीमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट