बजारबाट ५ अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) अधिक भएपछि बजारबाट ५ अर्ब रुपैयाँ उठाउने भएको छ ।

बैंकिङ प्रणालीमा बढी भएको रकम ३० दिने निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले बुधबार बोलकबोलबाट बजारबाट पैसा उठाउन लागेको जनाएको हो । केन्द्रीय बैंकले अहिले बैंकिङ प्रणालीमा ४२ अर्ब रुपैयाँ हारहारीमा तरलता रहेको जनाएको छ ।

राष्ट्र बैंकले ब्याजदर बोलकबोलबाट निर्धारण गर्ने र निक्षेपको सावाँ र ब्याज भुक्तानी कात्तिक २४ गते गर्ने जनाएको छ ।नेपाल राष्ट्र बैंकले गत भदौ २९ मा ७० अर्ब रुपैयाँ बढी तरलता रहेकोमा झण्डै एक महिनाको अवधिमा २८ अर्ब रुपैयाँ घटेको जनाएको छ ।

बैकिङ प्रणालीमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । राष्ट्र बैंकले यसअघि ३ पटक गरी ११ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट