उदयपुर सिमेन्ट उद्योगमा सिमेन्ट उत्पादनमा वृद्धि

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार

उदयपुर । जलजलेमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगमा विद्युत्भार कटौती भएपछि एक हप्ता यतादेखि उद्योगले दैनिक ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्न थालेको छ ।

भदौको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म निरन्तर विद्युत्भार कटौतीका कारण उक्त सिमेन्ट उद्योगले रु २ करोडभन्दा बढी घाटा ब्यहोर्नु परेको थियो ।

उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले विद्युत्भार कटौतीमा सुधारका कारण सिमेन्ट उत्पादन बढेको बताउँदै एक महिनासम्म निरन्तर सञ्चालन भए उद्योगको घाटा कम गर्न सकिने बताए ।

उनले चालू आवको भदौमा विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उत्पादनमा कमी आएको बताए । गत आवमा सो उद्योगले झण्डै रु २५ करोड नाफा गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट