गौचनको शव परिवारले नबुझ्ने

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार

भक्तपुर, २४ असोज । नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष्य शरदकुमार गौचनको हत्यामा संलग्न हत्यारालाई सरकारले तत्काल पक्राउ गरी कारबाही नगरे सोही महासंघका महासचिव रामशरण देउजाले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

महासचिव देउजाले आज रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बुधबार बेलुकासम्म आफ्ना माग पूरा नभएमा देशभर आन्दोलन गर्ने र विकास निमार्ण लगायतका कामहरुमा अवरोध पुर्याउने चेतावनी दिए ।

त्यसैगरी हत्यारा पक्राउ नगरेसम्म टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखिएको अध्यक्ष गौचनको शव परिवारले नबुझ्ने भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट