भारतको अरुणाचल प्रदेशमा वायुसेनाको हेलिकोप्टर दुर्घटना

५ सैनिकको मृत्यु,एक घाइते

प्रकाशित मिति: २० आश्विन २०७४, शुक्रबार

नयाँ दिल्ली । भारतको अरुणाचल प्रदेशमा चीनको सीमाबाट करिब १२ किमीको दूरीमा भारतीय वायुसेनाको एमआई-१७ भी ५ हेलिकोप्टर दुर्घटना भएको छ ।

उक्त विमान दुर्घटना हुँदा ५ जना सैनिकको मृत्यु हुनुको साथै अर्का एक जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । शुक्रबार बिहान अरुणाचल प्रदेशको तवाङ्ग क्षेत्र नजिकै विमान दुर्घटना भएको बताइएको छ ।

विमान सेनाका लागि सामान लिएर गइरहेको थियो । घाइते सैनिकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट