उम्मेदवार छान्दै पाँचथरका दलहरु

कांग्रेसबाट २ पत्रकार आकांक्षी

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहीबार

विपुल अधिकारी
पाँचथर, १९ असोज । मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभाका लागि पाँचथरका राजनीतिक दलहरु उम्मेदवार छान्न दौडधुप गरिरहेका छन् । अहिले उनीहरु उम्मेदवार छान्न व्यस्त छन् ।

एमाले पाँचथरले प्रतिनिधि सभाको लागि प्रत्यक्षबाट पूर्व सांसद तथा एमाले जलस्रोत तथा उर्जा विभाग सचिव वसन्तकुमार नेम्वाङ र समानुपातिकतर्फ केन्द्रीय सदस्य पूर्व सामान्य प्रशासन मन्त्री डम्वरसिं सम्वाहाम्फेको नाम सर्वसम्वत ढंगबाट छनौट गरिएको स्रोतले बताएको छ ।

त्यसैगरी प्रदेशसभाको लागि क्षेत्रीय कमिटिहरुले सिफारिस गरिएका आकांक्षीहरुको नाम नै जिल्ला कमिटिले प्रदेश कमिटिमा सिफारिस गरेको बताएको छ । आकांक्षीहरुको टुंगो लगाउन नसकेपछि एमाले पाँचथरले दुवै वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिकबाट तर्फ पाँच/पाँच जनाको नाम सिफारीस गरेको एमाले जिल्ला सचिव तिवेन्द्र चापागाईले बताए ।

जसअनुसार प्रदेश सभाको लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ एमाले सल्लाहकार परिषद् सदस्य तथा सांसद गणेशकुमार काम्वाङ, पार्टीका पूर्व उपसचिव थुमनाथ चापागाई, जिल्ला सचिव तिवेन्द्रराज चापागाई, जिल्ला सचिवालय सदस्य महेन्द्र थाम्सुहाङ र भवानी लिङदेनलाई सिफारिस गरेको छ, भने क्षेत्र नं. १ बाट समानुपातिकतर्फ उपेन्द्र दंगाल, आशारत्न जवेगु, विरदल राई, सुदर्शन थापा, कमल जवेगुको नाम सिफारिस गरिएको चापागाईले बताए ।

यस्तै क्षे नं. २ मा प्रत्यक्षतर्फ कृष्ण आङदेम्वे, नरेन्द्र बस्नेत, मेघराज घिमिरे, गंगा चेम्जोङ र छवि लावती छन् भने समानुपातिकतर्फ गोविन्द तामाङ, नरबहादुर खड्का, ड्राइभरसिंह महरा, करुणा राई र सन्त राईको नाम सिफारिस गरिएको उनले बताए ।

कांग्रेस पाँचथरले संघिय सभाको लागि कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद भिष्मराज आङदेम्वे, जिल्ला सदस्य तथा महासमिति सदस्य मित्रप्रसाद काफ्ले र महाधिवेशन प्रतिनिधि डिकबहादुर चेम्जोङको नाम सिफारीस गरेको छ । त्यस्तै समानुपातिकतर्फ पूर्वमन्त्री तथा पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्मा, पूर्वमन्त्री दिपकप्रकाश बास्कोटा, महासमिति सदस्य कृष्णकुमारी खतिवडा र पूर्व जिल्ला सदस्य चन्द्रकला केरुङको नाम सिफारिस भएको छ ।

यस्तै कांग्रेस पाँचथरले प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सचिव रुपनारायण जवेगू, जिल्ला सदस्य तथा गैसस महासंघ पाँचथरका अध्यक्ष समेत रहेका बालकृष्ण ओझा र पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिकतर्फ महासमिति सदस्य अम्विका न्यौपाने, पूर्णबहादुर नेपाली, मधु जवेगु, जयप्रसाद रिजाल, टेकबहादुर काम्वाङ, विश्वराज योङया, सुरेन्द्र तिमिल्सिनालगायत रहेको जिल्ला सचिव वृजहाङ आङदेम्वेले बताए ।

यस्तै क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ महासमिति सदस्य सुरेन्द्रकुमार दाहाल, शिक्षक संघका जिल्ला अध्यक्ष विरेन्द्र खड्का, महाधिवेशन प्रतिनिधि धर्मेन्द्रविक्रम नेम्वाङ र क्षेत्रीय सदस्य सूर्यकुमारी चेम्जोङको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ धनेन्द्र चेम्जोङ, पत्रकार विपेन्द्र गौतम, गंगामाया आङदेम्वे, रामराज आङदेम्वे, हरिराज आङदेम्वे, आशा आङदेम्वे, नीरबहादुर विश्वकर्मा, धनराज तुम्वापो लगायतको नाम केन्द्रमा अनुमोदनको लागि सिफारिस गरिएको बताइएको छ ।

त्यसैगरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल पाँचथरले उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभाका लागि एउटै मात्र निवार्चन क्षेत्र रहको पाँचथरमा फोरमले प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज मुकुम नेम्बाङ र केन्द्रीय सदस्य प्रेमराज लावतीलाई सिफारिस गरेको हो ।

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट लिम्बुवान प्रदेश समिति सदस्य सजिब योङ्या र रणसिंह लक्सम तथा जिल्ला उपाध्यक्ष बिर्खवहादुर वाईबालाई सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य जेन्टल लावती, लिम्बुवान प्रदेश उपाध्यक्ष भवानी आङ्देम्बे र सचिवालय सदस्य एबिराज आङ्देम्बेलाई सिफारिस गरेको छ ।

यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ बिजयबिक्रम यक्पाङ्देन, दिपेन्द्र आङ्देम्बे, राजेन्द्र जबेगू, धिरेन सम्बाहाम्फे, मनु लावती नेम्बाङ सिफारिस भएका छन् ।

त्यस्तै प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट सजिना सेलिङ, सुजाता राई, हर्कबहादुर योङ्याङ, हरिराज लोवा तथा क्षेत्र नम्बर २ बाट खगेन्द्र माखिम, महेन्द्रसुन्दर नेम्बाङ, एल.बी. रहपाल, गोपाल राई र देबेन्द्र नेम्बाङ सिफारिस भएका छन् ।

यस्तै नयाँ शक्ति पार्टी पाँचथरले बुधबार बसेको जिल्लाको बैठकले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारी सिफारिस गरेकोे छ । पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दिलबहादुर लावती र समानुपातिकतर्फ लालध्वज नेम्वाङको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेश सभाको हकमा क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ खगेन्द्र लोवा र समानुपातिकतर्फ यादप बान्तवाको नाम सिफारीस गरेको बताइएको छ ।

त्यस्तै क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ सूर्यप्रसाद सम्वाहाम्फे र समानुपातिकतर्फ नगेन्द्रप्रसाद नेम्वाङको नाम सिफारिस गरेको नयाँ शक्ति पाँचथरका संयोजक खगेन्द्र लोवाले बताए ।

माओवादी केन्द्र पाँचथरले दशैँ अगावै प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारी छनौट गरेको छ । केन्द्रले सर्वसम्मत रुपमा संघिय संसद् र प्रदेशसभाको उम्मदवारहरुको नाम टुंगो लगाएको थियो ।

माओवादी पाँचथरले प्रतिनिधि संसदको लागि सभाषद् तथा पूर्व पशुपंक्षी राज्यमन्त्री श्रीप्रसाद जवेगुलाई चयन गरेको छ भने प्रदेशसभाको लागि क्षेत्र नं. १ बाट पार्टीका जिल्ला इञ्चार्ज हर्क नेम्वाङ (मिक्सो) र क्षेत्र नं. २ बाट केन्द्रीय सचिवालय सदस्य इन्द्र आङवो (मौसम)लाई सर्वसम्मत छनौट गरेको बताइएको छ । केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाको लागि समानुपातिकतर्फ भने आकांक्षी नेताहरु धेरै भएकोले आन्तरिक रुपमा छलफल भइरहेको जनाएको छ ।

समानुपातिकतर्फका आकांक्षीहरुमा नेता नरबहादुर दुलाल(नेटवर्क), सिता थेवे(प्रमिला), सुरेन्द्र जवेगु(नविन), होम जवेगु(सुर्यमान) अमरसिं थापा, शंकरध्वज नेम्वाङ, मेदनी खत्री, रविन मुखिया, चिरञ्जिवि लामिछाने, निरानन्द घिमिरे रहेका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट