आज यस वर्षको बडादशैँ समापन गरिदै

प्रकाशित मिति: १९ आश्विन २०७४, बिहीबार

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा । घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर आज यस वर्षको बडादशैँ समापन गरिदैछ ।

माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिने प्रचलन छ । विजया दशमीकै दिन नवरात्र सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आज रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भई धनधान्यले पूर्ण बनाउँछिन् भन्ने विश्वासका कारण रातभर दीपावली गरेर जाग्राम बस्ने चलन भएकाले आजको दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो ।

कोजाग्रत पूर्णिमाको रातमा जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट