एजेन्सी
नयाँ दिल्ली । भारतको हरियाणा पुलिसले राम रहीमको धर्मपुत्री भनी चिनिने हनीप्रीतलाई पक्राउ गरेको छ ।
राम रहीमलाई बलात्कारको आरोपमा अदालतले सजाय सुनाएपछि प्रहरीले हनीप्रीतको खोजी सुरु गरेको थियो । कहिले नेपाल कहिले भारतमा देखिएको हनीप्रीतलाई अन्ततः पक्राउ गर्न सफल भएको हो ।
हनीप्रीतले आफू निर्दाेष रहेको बताएकी छन् । आफूमाथि लगाइएका सबै आरोप गलत भएको बताउँदै हनीप्रीतले आफू र राम रहीमबीच बुबा छोरीको सम्बन्ध रहेको स्पष्ट पारेकी छन् । उनलाई आज अदालतमा पेश गरिँदै छ ।