पर्यटकको प्रमुख गन्तब्य लमजुङको चियाखेती

प्रकाशित मिति: १८ आश्विन २०७४, बुधबार

लमजुङ ।  विश्वमै उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चियाखेती सुरु गरिएको छ । लमजुङमा पश्चिमाञ्चल क्षेत्रमै पहिलो पटक सुरु गरिएको चियाखेती राम्रोसँग फस्टाउनुको साथै आम्दानी पनि दिन थालेको स्थानीय बताउँछन् ।

२०५५ सालदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण क्षेत्र आयोजना (एक्याप) भुजुङको पहलमा चियाखेती सुरु गरिएको हो । यहाँका घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीका कारण यस क्षेत्रमा आन्तरिक पर्यटकहरु पनि आकर्षित भइरहेका छन् ।

पछिल्लो समय यहाँ पुग्ने विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्य स्थल चियाबारी बन्ने गरेको छ । स्थानीयवासीका अनुसार राम्रो प्रशोधन हुन नसक्दा उत्पादित चिया कोसेलीका रुपमा सदरमुकाम बेसीशहर, पोखरा, चितवन, काठमाडौंदेखि विदेशी मुलुकमा रहेका आफन्तजनलाई पठाउन मात्र सीमित बनेको छ ।

क्लोलासोँथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले चियाखेती हेर्नकै लागि दार्जिलिङ, इलाम र झापा लगायतका ठाउँमा जान नपर्ने बताए । एक्याप क्षेत्रभित्र भुजुङमा २ सय ५० रोपनी, पसगाउँमा एकसय र घलेगाउँमा ७० गरी एक्यापको अगुवाईमा हालसम्म ४ सय २० रोपनी क्षेत्रफलमा चिया खेती गरिँदै आएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट