रिपोर्टर नेपाल समाचार
कञ्चनपुर, १६ असोज । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी एक जना नेपालीको मृत्यु भएको छ ।
साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको शनिबार बिहान मृत्यु भएको हो ।
साउदी अरेबियामा सवारी चालकका रुपमा राना गत एक वर्षअघि देखि काम गर्दै आएका थिए ।