विश्व क्रिकेट लिगको अन्तिम अभ्यास खेलमा नेपाल पराजित

प्रकाशित मिति: १० आश्विन २०७४, मंगलवार

राजेश थापामगर

काठमाडौं । विश्व क्रिकेट लिगको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तिम अभ्यास खेलमा पराजित भएको छ । सोमबार सेन्टर फर स्पोर्टस साईन्ससँग भएको खेलमा नेपाली टिम ५ रनले पराजित भएको हो ।

२ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४० दशमलब ३ ओभर खेल्दै मात्र २ सय १० रन बनाउदा सबै विकेट गुमाएको थियो । सुरुवाती ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे पनि पछिल्लो क्रमको ब्याट्सम्यानले सम्हालेर खेल्न नसक्दा नेपालले चौथो तथा अन्तिम अभ्यास खेलमा पराजित हुनु पर्यो । ओपनिङ ब्याट्सम्यान पारस खड्का र सागर पुनले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । पारसले ४९ रन बनाए भने सागरले ६९ रन बनाएर आउट भए । तेस्रो नम्बरमा आएका आरिफ शेख भने मात्र ७ रन बनाएर आउट भए ।

त्यस्तै नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४५, बिनोद भण्डारीले १५, सोमपाल कामीले ५, करण केसीले ३ तथा शुसन भारी र सन्दिप लामिछानेले ४-४ रन बनाए । सेन्टर फर स्पोर्टस साईन्सका लागि अरुण बलाजीले ५, बिल्कीङ्ग्स भिक्टरले ३ तथा गणेश र बेनक्याटले १(१ विकेट लिएका थिए । यसअघि पहिले ब्याटिङ गरेको सेन्टर फर स्पोर्टस साईन्सले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । सेन्टर फर स्पोर्टस साईन्सका लागि बिल्कीङ्ग्स भिक्टरले सर्वाधिक ७४, अनन्नथले ४५, टुसरले २६, गणेशले २०, भिग्नेशले ७, गणेशनले ५, अरुण बलाजी र अफ्नले ४-४, मोहनराजले ३ तथा आद्धित्य अरुणले १ रन बनाएका थिए ।

नेपालका शुसनभारीले ३, करण केसी र सन्दिप लामिछानेले २-२ तथा सोमपाल कामी र सागर पुनले १-१ विकेट लिएका थिए । यसअघि भ्ँएको अभ्यास खेलमा नेपालले तामिल नाडु ए टिमलाई १ सय ४७, मेलापुर रिक्रेशन क्लबलाई ५२ तथा डिन्डुगुल ड्रयागन्सलाई १ सय ५३ रनले पराजित गरेको थियो । नेपालले विश्व क्रिकेट लिगको सातौ चरणको खेलमा आगामी असोज २७ र २९ गते हङकङविरुद्ध उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट