गोली हानेर २५ वर्षीय अकबरको हत्या

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

रौतहट, ९ असोज । रौतहटको परोह नगरपालिका-२ जिगडियामा गोली प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ ।

प्रहरीले सुतिरहेको २५ वर्षीय अकबर भनिने अब्बु सहिदको अज्ञात समूहले गोली प्रहार गरी हत्या भएको जनाएको छ ।

उनको छातीमा गोली लागेकाले घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रहरीले गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट