किन राप्रपा छोडेर एमालेमा प्रवेश गरिन् कोमलले ?

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

दाङ, ९ असोज । गतवर्ष मात्रै रेडियो नेपालको जागिर छोडेर राप्रपाको सदस्य बनेकी चर्चित गायिका कोमल ओलीले राप्रपा छोडेर एमालेमा प्रवेश गर्ने तयारी गरेको उनको परिवारले जनाएको छ ।

दाङका घोरहीमा हुने एमालेको बृहत सभामा एमाले अध्यक्ष केपी ओलीले कोमललाई पार्टी प्रवेश गराउने तयारी भएको एमाले दाङले बताएको छ । राप्रपाले भूमिकाविहिन बनाएको भन्दै उनले पार्टी छोड्ने निर्णय गरेकी हुन् ।

फाल्गुनमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्य जितेकी ओली पशुपतिशमशेर राणाले पार्टी फुटाएपछि सँगै केन्द्रिय सदस्य जितेकी रेखा थापा राणासँग गएपछि ओली दोधारमा परेकी थिइन् ।

एमाले दाङका जिल्ला सचिव हिराचन्द्र केसीले ओलीसहित राप्रपाका केही जिल्ला नेताहरुलाई पार्टी प्रवेश गराउने बताए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट