१ सय ३० स्थानीय तहको नतिजा सार्वजनिक

कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा

प्रकाशित मिति: ९ आश्विन २०७४, सोमबार

काठमाडौं, ९ असोज । प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३० स्थानीय तहको मतगणनाको नतिजा सार्वजनिक भएको छ ।

स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा कांग्रेस ३७, एमाले १७, माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालले एक स्थानमा जित हात पारेको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)ले जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले अब ६ स्थानीय तह र ३८ वडाको निर्वाचन परिणाम आउन बाँकी रहेको बताएका छन् । जम्मा एक हजार २ सय ७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २ सय ३३ वडाको मतगणना कार्य सम्पन्न भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट