राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार

बाजुरा, ८ असोज । लगातार परेको वर्षाका कारण बिहान करिब ६ बजेतिर खसेको पहिरोले साँफे मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्गको माथि रहेको सामुदायिक वनबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका लागि छुटेका सवारी साधन र मानिसहरुलाई आवतजावत गर्न कठिन भएको बताए ।

तीन महिनापछि संचालनमा आएको उक्त सडकखण्ड पुन अवरुद्ध हुदा दशैँं मनाउन घर फर्केका यात्रु बीचबाटोमै अलपत्रमा परेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट