वीरगञ्जमा फोरमले लियो अग्रता

प्रकाशित मिति: ८ आश्विन २०७४, आईतवार

वीरगञ्ज ८ असोज । शनिबारसम्म पहिलो नम्बरमा रहेको कांग्रेसलाई पछि पार्दै प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।

आइतबार बिहान सम्मको मतगणनाअनुसार फोरम उम्मेदवार विजय सरावगीले ९ हजार ९ सय ४६ मत प्राप्त गर्दै पहिलो स्थान लिएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार अजय द्विवेदीले ९ हजार ८ सय २८ मत पाएका छन् ।

त्यस्तै राजपाका राजेशमान सिंहले ६ हजार ९ सय ३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् भने एमाले चौथो स्थानमा रहँदा माओवादी केन्द्र पाँचौ स्थानमा धकेलिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट