पूर्व राजा ज्ञानेन्द्रले दशैँको टिका नलगाउने

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

काठमाडौं, ६ असोज । यसपालीको दशैँमा पूर्व राजा ज्ञानेन्द्र शाहले विभिन्न शक्ति पीठहरुको दर्शन नगर्ने र दशैँको टिका नलगाउने निर्णय गरेका छन् ।

हरेक वर्ष पूर्व राजाले अष्टमीका दिन शक्तिपीठहरुको दर्शन गर्दै आएकोमा यो वर्ष दर्शन नगर्ने बताएका छन् ।

केही समय पहिला देशमा आएको बाढीपहिरोले थुप्रै जनताको बिचल्ली हुका साथै दैनिकी असहज भएको भन्दै आफू सदैव नेपालको हितमा रहेकाले यो वर्षको दशैँमा टिका नलगाउने निर्णयमा पुगेको शुक्रबार जारी गरिएको विज्ञप्तिमार्फत पूर्व राजा ज्ञानेन्द्रले जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट