रानीमहल सहकारीको खुद नाफा पाँच लाखबढी

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

पाल्पा, ६ असोज । गत आर्थिक वर्षमा रानीमहल बचत तथा ऋण सहकारी संस्था तानसेन, पाल्पाले पाँच करोड २७ लाख ३५ हजार एकसय ४१ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाले २० लाख ५३ हजार दुईसय ४४ नाफा गरेकामा १३ लाख ५९ हजार ४१ खर्च गरी पाँच लाख ५५ हजार छसय ३६ रुपैयाँ खुद नाफा गरेको छ ।

लेखा संयोजक चिरञ्जीवी शर्मा ढुंगानाका अनुसार संस्थाले गत आवमा तीन करोड ९० लाख ९१ हजार सातसय ५० निक्षेप संकलन, तीन करोड २५ लाख ८४ हजार निक्षेप फिर्ता, चार करोड २० लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

अध्यक्ष भूगोलप्रसाद वैजुले सहकारीको आगामी कार्यक्रममा शेयर पूँजी वृद्धि गर्ने, नगरपालिकाभित्रका सहकारीसँग सहकार्य गरी काम गर्ने, शेयर सदस्यलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, संस्थाका शेयर सदस्यले तालिम माग गरेमा तत्काल संचालन गर्ने, नियमित ऋणको कारोबार गर्ने, शेयर सदस्यलाई ब्याजदरमा ०.५ प्रतिशत छुट दिने, एकमुष्ट रकम जम्मा गर्ने शेयरधनीलाई विशेष सम्मान गर्ने बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट