चिलिमेको विद्युत् बन्द हुँदा समस्या

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

रसुवा, ६ असोज । गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय कार्यालय, सामाजिक संघसंस्था, विद्युतीय उपकरण संचालन र स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन बिग्रिएको र मर्मतका लागि केन्द्रबाट आवश्यक प्राविधिक जनशक्ति आज बिहानै काठमाडौँबाट मर्मतका लागि हिँडिसकेको जनाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट