वीरगन्जमा कांग्रेस र राजपाबीच ४० मतको अन्तर

प्रकाशित मिति: ६ आश्विन २०७४, शुक्रबार

वीरगन्ज, ६ असोज । एकमात्रै महानगरपालिका वीरगन्जमा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वीरगन्जको मेयर पदका लागि कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)बीच कडा प्रतिस्पर्धा भएको छ ।

मंगलबार दिउँसोदेखि सुरु भएको मतगणनाअन्तर्गत शुक्रबार बिहानसम्म १९ हजार २०० मत गणना भएकोमा दुई पार्टीका उम्मेदवारबीच ४० मतको मात्रै अन्तर देखिएको हो ।

कांग्रेसबाट मेयरका उम्मेदवार अजय द्विवेदीले ३ हजार ९ सय ६० मत प्राप्त गरिरहँदा राजपाका उम्मेदवार राजेशमान सिंहले ३ हजार ९ सय २० मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीले ३ हजार ५ सय ५० मत प्राप्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट