पाँच जना सुन व्यापारी पक्राउ

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

काठमाडौं, ४ असोज । प्रहरीले पाँच जना सुन तस्करलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी महाशाखाले चीनबाट ल्याइएको तस्करीको सुन कारोबारको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका व्यापारीहरुमा रविश्पायाम ट्रेडर्सका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी सिलका सुगरत्न शाक्य, कार्यविनायक सुनचाँदी पसलका गणेशदत्त बडु, उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसलका नन्दकुमार मर्ग रहेका छन् ।

प्रहरी अपराध महाशाखाका एसपी दिवेश लोहनीले व्यापारीहरुले चीनबाट अवैध रुपमा ल्याइने सुन किन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताए । उनीहरुलाई काठमाडौं अदालतमा पेश गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट