एसियाली सञ्जालको १५औँ अन्तर्राष्ट्रिय सम्मेलन शुरु

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

काठमाडौं, ४ असोज । आजदेखि गुणस्तरका लागि एसियाली सञ्जालको १५औं अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । दिगो समृद्धिका लागि गुणस्तरीय संस्कृति नाराका साथ शुरु भएको उक्त सम्मेलनमा एसिया महादेशका विभिन्न १५ मुलुकका गुणस्तरसम्बन्धी विज्ञ सहभागी छन् ।
शुक्रबारसम्म सोल्टी होटलमा जारी रहने उक्त सम्मेलनको उद्घाटन गर्दै उद्योगमन्त्री सुनिलबहादुर थापाले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्रवाह गराउने सरकार र प्रदायकको दायित्व भएको बताए । गुणस्तरीयताले मानवजातिको जीवन र कार्यशैलीमा निखारपन ल्याउन सहयोग पु¥याउँछ भन्दै उनले राज्यले निर्दिष्ट गरेका गुणस्तरको मापदण्डलाई अवलम्बन गरी त्यसलाई कार्यान्वयन गर्न उद्योगी अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका संयोजक जनार्दन घिमिरेले नेपालमा पहिलोपटक हुन लागेको उक्त सम्मेलनले उपभोक्तालाई गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनका लागि रणनीति तयार गर्न सहयोग पुग्ने बताए ।
सम्मेलनमा सार्वजनिक सेवाको गुणस्तरमा सुधार, ग्राहक र सेवाग्राहीको सन्तुष्टि, गुणस्तरको संस्कार, नेतृत्व विकास, परिवर्तन र जोखिम व्यवस्थापन वातावरणीय सुरक्षा, व्यावसायिक उत्कृष्टता, दिगोविकास र सामाजिक जिम्मेवारीलगायत विषयमा छलफल गरिने बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट