हिलिहाङ गाँउपालिकको बजेट ३२ करोड

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

विपुल अधिकारी
हिलिहाङ, ४ असोज । हिलिहाङ गाउँपालिकाले नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको छ । हिलिहाङ गाउँ कार्यपालिकाका प्रवक्ता मदन गौतमद्वारा प्रेस विज्ञप्ती जारी गर्दै पालिकाको लागि आगामी आर्थिक वर्षको लागि ३२ करोड ३२ लाख ४२ हजार १४६ रुपैयाँ विनियोजन गरेको हो ।

कूल विनियोजित रकममध्ये चालूतर्फ १८ करोड ५७ लाख ६५ हजार ६ सय ८४ र पूँजीगततर्फ १३ करोड ७४ लाख ७४ हजार ५सय ४६ रुपैयाँ विनियोजन गरेको हो । कूल बजेटमध्ये चालू खर्चतर्फ सशर्त अनुदानको कार्यक्रम बाँडफाँडअनुसार १० करोड १३ लाख ३२ हजार र सामाजिक सुरक्षा कार्यक्रमको ३ करोड ९३ लाख ७६ हजार ८ सय विनियोजन गरिएको छ ।

त्यस्तै पूँजीगत खर्चतर्फ आर्थिक विकासको लागि २ करोड ४५ लाख ५३ हजार, सामाजिक विकासको लागि ८८ लाख, पूर्वाधार विकासको लागि ७ करोड ८९ लाख ४८ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ २ करोड २ लाख ३१ हजार ७६, संस्थागत विकास तथा सेवा प्रवाहको लागि ४ करोड ९६ लाख ९९ हजार ३ सय ८४ रुपैयाँ विनियोजन गरेको विज्ञप्तीमा उल्लेख छ ।

खर्चको स्रोतमध्ये राजस्वबाट २० लाख, वित्तिय समानीकरण अनुदानबाट १७ करोड ४२ लाख ५ हजार, सशर्त अनुदानबाट १० करोड १३ लाख ३२ हजार, सामाजिक सुरक्षा कार्यक्रमबाट ३ करोड ९६ लाख ७६ हजार ८ सय हुने बताइएको छ ।

पालिकाले यस आर्थिक वर्षबाट मृत्यु हुनेहरुको हकमा ३५ दिन भित्रमा मृत्यु दर्ता गरेमा क्रिया खर्चबापत एक हजार, स्वास्थ्य स्वयंसेविकाहरुको लागि वार्षिक रुपमा १८ हजरा प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । त्यस्तै सुत्केरीहरुको लागि बच्चाको न्यानो कपडा खरिद गर्न एक हजार ५ सय, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको लागि वार्षिक ३ हजार स्वास्थ्य उपचार बापत खर्च दिने नीति कार्यक्रम तय गरेको छ ।

पालिकाले कृषि पर्यटनलाई मुख्य प्राथमिकता दिएको छ । समृद्ध हिलिहाङको परिकल्पना गरे बमोजिम पालिकामा रहेको हिलिहाङ दरबारको संरक्षण र विकासको लागि त्यस ठाउँसम्म कालोपत्रे गर्ने, जनजाति संग्रहालय निर्माण गर्ने नीति लिएको छ । आगमी २ वर्ष भित्रमा उज्यालो हिलिहाङको लक्ष्य बमोजिम स्थानीय विद्युतीकरण सम्पन्न गर्ने, श्रीजंगा माविलाई क्याम्पस सम्मको स्तरोन्नति गरिने भएको हो ।

यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा ५० शैयाको अस्पताल, कृषिको समृद्धि र विकासको लागि विभिन्न पकेट क्षेत्रहरुको निर्माण गरी प्रोत्साहन गर्ने साथै विषादि व्यवस्थापनको कार्यक्रम गर्ने लगायतका नीति तथा कार्यक्रमहरु हालै सम्पन्न भेलाले पारित गरेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट