सामसुङ ग्यालेक्सी नोट-८ बजारमा, यस्ता छन् फिचर

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३ असोज । नेपाली बजारमा सामसुङ इलेक्ट्रोनिकले एस पेन र दुई वटा क्यामेरा भएको ग्यालेक्सी नोट-८ मोबाईल सार्वजनिक गरेको छ ।

सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले नेपाली ग्राहकको चाहनालाई पूरा गर्ने उद्देश्यले यो स्मार्ट फोन बजारमा भित्र्याइएको बताए । यो मोबाईल ठूलो स्क्रीन भएकाले पढ्न र आवश्यक परेको कुरा पेनको सहायताले लेख्न सकिने जनाइएको छ । यसमा दुई वटा एप्स एकै पटक चलाउन मिल्ने सुविधा रहेको छ ।

सामसुङले हालसम्मकै शक्तिशाली १२ मेगा पिक्सलका २ वटा क्यामेरा लेन्स भएको मोबाईल ल्याएको हो । यो मोबाईलमा फोटो र भिडियाको लागि ओआइएस प्रविधि रहेको छ । कम्प्युटर मोडको माध्यमले काम गर्न सकिने भएकाले यसमा भएका सुरक्षित फोल्डर सुविधाले व्यक्तिगत र व्यवसायिक डाटालाई छुट्टा छुट्टै राख्न सकिन्छ ।

यो मोबाईल यही असोज २४ गते देखि मिडनाइट ब्ल्याक र मेपल गोल्ड रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको प्रि बुकिङ असोज २ बाट नेपालभर रहेका सामसुङ ब्राण्ड स्टोर र निश्चित रिटेल स्टोरहरुबाट गर्न सकिने छ । यसको मूल्य १ लाख २ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट