विशेष कार्यक्रम गरी संविधान दिवस मनाइयो

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलवार

काठमाडौं, ३ असोज । आज नेपालको संविधान घोषणा भएको २ वर्ष पूरा भएको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको छ ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, प्रमुख राजनीतिक दलका शीर्ष नेता, संवैधानिक नियोगका प्रमुख, सांसदहरु, उद्योगी, व्यवसायी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका वरिष्ठ अधिकारी तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत विभिन्न दलका शीर्ष नेताले शुभकामना व्यक्त गरेका छन् । संविधान सभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको थियो । आज नेपालको संविधान घोषणा भएको २ वर्ष पूरा भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट