प्रधानमन्त्री देउवाद्वारा फेरि मन्त्रीमण्डल विस्तार

दुई राज्यमन्त्रीले आज लिए शपथ

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

काठमाडौं, २ असोज । जम्बो मन्त्रीमण्डल बनाएकोमा चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौं पटक मन्त्रीमण्डल विस्तार गरेका छन् ।

प्रम देउवाले राप्रपा प्रजातान्त्रिकबाट विराज विष्टलाई विज्ञान प्रविधि र कमला शर्मालाई वन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

आज दुवै राज्यमन्त्रीले प्रधानमन्त्री देउवासमक्ष पद तथा गोपनियताको शपथ लिए । यो विस्तारसँगै देउवाको मन्त्रीमण्डल ५६ सदस्यीय भएको छ, जसमा तीन उपप्रधानमन्त्री, २६ मन्त्री र २६ राज्यमन्त्री छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट