हिमालयन बैंकद्वारा बाढीपीडितलाई ११ लाख सहयोग

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

काठमाडौं, २ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा.ले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोह बीच प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले हालै देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढी तथा भूस्खलनमा परि घरबारविहीन भएकाहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट